जनताले नरूचाएको गठवन्धन र यसले पार्न सक्ने असर

स्थानीय तहको चुनाव भौतिक रूपले हुदै छ किनभने सहभागी यी राजनीतिक दलले जवर्जस्ती गठवन्धन गरेका कारण यो चुनावले निकाल्ने परिणाम पक्कै पनि निरस हुनेछ। यो चुनावमा गरिएको भनिएको गठवन्धनमा कुनै पनि राजनीतिक दलका सच्चा कार्यकर्ता खुसी छैनन् , यसको अर्थ यसबाट खुसी हुन खोज्ने कोही पनि छैनन् भन्न खोजेको भने हैन।

Advertisement 1

यसमा खुसी हुनेमा मतदाताले कमजोर ठानेका शीर्ष नेताहरू, भरखर जन्मिएका पार्टीहरू, सिद्धान्त र नीतिबाट क्रमशः पलायन हुदै गएका दलहरू मात्र छन्। जनता बीच लोकप्रीयता स्खलन हुदै गएका दलहरूले एक अर्काको फेरो समाउनु र सहारा लिने प्रयास हुनुले यी दलका नेत्तृत्त्वहरूको कमजोरी नराम्रो संग उदांगिएको पाईन्छ। यस्तो परिस्थितिमा चुनावमा जानु पर्दा एक्लै जाने आंट एउटा दलले पनि देखाएनन्। यो नाटक एकता मन्चन र कसैको विरोधका लागि नभएर आफ्नो कमजोरी ढाक्न गरिएको हो। यसको परिणाम आउने चुनावले त देखाउला नै तर नाटक मन्चन त उम्मेद्वारी दर्ता संगै देखि सकिएको छ। यी नेताले आफ्नो पार्टीको नेत्तृत्त्व गर्न नसकेर पार्टी चलाउन पनि गठवन्धन बनाएका छन् र त्यसको संयोजन पनि दुई दुई महिनामा फेरिने भनेका छन्। पार्टी चलाउन पार्टीको विधानलाई लत्याएर दलीय गठवन्धनलाई आधार बनाएका छन्।

पार्टीका नीति र सिद्धान्तमा चल्ने तर विधान विपरीतको निर्देशन मान्दिन भन्नेलाई कारवाही चलाएका छन्। विधानलाई लत्याउने गल्ति गर्नेहरू कुन नाकले विधान अनुसरण गर्दै आएका कार्यकर्तालाई कारवाही गर्दैछन्? यो बुझी नसक्नु र लाज मर्दो विषय हो। यो चुनाव मात्र हैन यो गठवन्धनले गराउने संसदीय चुनाव समेतमा पार्टीका कार्यकर्ता बाहेक वास्तविक मतदाताको ध्यान आकर्षण गर्ने देखिदैन। यदि मतपत्रमा नो भोटको विकल्प हुदो हो त बहुमत त्यसकै आउथ्यो होला तर यस्तो अबस्था नभएकोले मतदान त होला तर मतदानको प्रतिशत विगत भन्दा अवश्य कम हुनेछ। नेपालको राजनीतिको दलीय नेत्तृत्त्वमा अग्र स्थान राखेको प्रजातान्त्रिक पार्टीले सदैव प्रजातन्त्रमा अविश्वास गर्ने ,आफूलाई सदैव वर्ग शत्रु ठान्ने र राजनीतिक गन्तब्य साम्यवाद भएका पार्टीहरू संग गठबन्धन गरेर गएको छ।

Advertisement 2

यसरी नुन र चिनीको मिश्रण जस्तो न मिसाउन मिल्ने न छुट्याउन सकिने अवस्थामा रहेर आफ्नो पहिचान गुमाएका छन् दुवै थरीले। यो गठबन्धनले राजनीतिक शाश्त्रमा भएको दलीय परिभाषाको उपहास गराएको छ नेपाली कांग्रेसले। कहिले काट्ने र काटिने दलका रूपमा चिनिएका यी दलहरूको यो कृत्रिम मिलनलाई मतदाताले कसरी चिन्ने हो द्विविधाको स्थिति छ। त्यसै गरी आफूलाई खांटी कम्युनिष्ट भनेर आफ्नो झण्डा र ब्यानरमा हसिया हतौडा राखेको र आफूलाई गणतन्त्रको मसिहा ठान्ने एमालेले राजालाई बोकेर हिडेको दल संग गठवन्धन गरेको छ। जुन बेला जे बोल्दा बोली बिक्छ त्यही बोलेर कहिल्यै नथाक्ने नेता भनाउदा हरूको मतदाताले कसरी विश्वास गर्ने? वयल गाडा चढेर अमेरिका पुगीदैन भन्ने नेता र लोक तान्त्रिक गणतन्त्रको मान्यता लिएर जन गणतन्त्रलाई गन्तब्य ठान्ने संग गठबन्धन गर्ने संग कसरी विश्वास गरेर मतदान स्थलमा जाने हो मतदाता ? प्रश्न र जिज्ञासा जटील भएर खडा भएको छ। हामी नेपाली कृषि पेशामा विश्वास गर्ने हुनाले जस्तो बीऊ छर्छौ उत्पादन उस्तै हुन्छ भन्ने मान्यता राख्छौ। त्यसैले हाम्रा चुनावमा हामीले जस्तालाई मतदान गर्छौ परिणाम पनि त्यो भन्दा फरक हुने कुरा भएन।

यसरी हेर्दा हाम्रा प्रतिनिधिहरू पनि कुनै गन्तब्य विनाका, सोच विनाका र दृष्टिकोण विनाका हुने कुरामा कुनै शंका छैन। दलको सिण्डिकेटमा गए पछि दलले जस्तालाई खडा गर्छ जित्ने तिनैले हो र दलको स्टक रित्तो हुदै गएको वर्तमान परिस्थितिमा भोलीको स्थानीय तह र संसदमा उपस्थिति जनाउने भनेको पनि तिनैले हो। यसैले अझै केही समय हाम्रो राजनीति यही तवरले सन्चालन हुने छ भन्ने कुरामा शंका गर्ने ठाऊ छैन। फेरि हाम्रा राजनीतिक दलहरूले आफ्नो हावापानी र माटोलाई भन्दा विदेशी वातावरणमा विश्वास गर्छन्। यति मात्र हैन हाम्रा नेताहरूले कोही नपाए विदेशी राजदूतबाट गायत्री सुन्न समेत पछि पर्दैनन्।

Advertisement 3

यस्तो परिस्थितिमा अर्को राजनेताले जन्म नलिदा सम्म हामीले यिनकै भर पर्नुको विकल्प देखिएन र हाम्रा करीव निवृत्त भै सकेका नेताले अरूलाई जन्मने वातावरण बनाएर आफ्नो वृत्ति समाप्त पार्ने कुरै भएन। यसरी सबै नीतिको राजा मानिने राजनीतिको नेत्तृत्त्व यस्ता गलत ब्यक्तिको हातमा जब सम्म रहन्छ तब सम्म देशको मुहार फेरिन सक्ने अवस्था भने रहदैन।

प्रकाशित :२०७९ बैशाख १९, सोमबार १६:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry