शिक्षा क्षेत्रमा सिर्जनाका प्रतिबद्धताहरु

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलदेखि उम्मेद्धारहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसैबीच ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला रसुवाको नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका छन् सिर्जना लामा । २०७४ सालकी कान्छी उपध्यक्ष लामालाई अहिले अध्यक्षको उम्मेदवार बनाएको छ ।

Advertisement 1

उनले शिक्षा क्षेत्रमा आफ्ना प्रतिबद्धता व्यक्त गरेकी छिन् । यस्ता छन् शिक्षा क्षेत्रमा उनका प्रतिबद्धताहरु ।

१) सामुदायिक बिध्यालयहरु कक्षा १-५ सम्म तत्काल ict को प्रयोग गरि अङ्ग्रेजी माध्यम बाट सन्चालन गर्ने र मातृभाषाको प्रयोग तथा स्थानीय पाठ्यक्रम निर्माण गरि कक्षा सन्चालन गर्ने साथै +2 सम्म निशुल्क शिक्षा सुनिस्चित गर्ने
२) कक्षा ५ र ८ को अन्तिम परीक्षा पालिकास्तरिय लिने र उत्कृष्ट बिध्यालय ,विद्यार्थी र शिक्षकलाई सम्मान गर्ने,
३)बालबिकास कक्षाहरु ब्यवस्थित गर्ने,
४)नौकुन्ड गाउँपालिकामा एउटा सामुदायिक क्याम्पस सन्चालनको लागि पहल गर्ने,
५) शिक्षा एन तथा शिक्षा नियमावली अनुसार बिध्यालय प्र अ नियुक्ति गर्ने र बिब्यस गठन गर्ने,
६)पहिलो बर्ष कुनै एक माबी बिध्यालयलाई लिइ नमुना बिध्यालयको रूपमा प्रोजेक्ट सन्चालन गर्ने र उक्त बिध्यालयमा अङ्ग्रेजी ,गणित,अकाउण्ट,computer शिक्षा,बिज्ञान जस्ता बिषयहरु अङ्ग्रेजी माध्यम बाट पढाउने,
७) शिक्षकको तहगत दरबन्दी मिलानमा प्राथमिकता दिने,
८) शिक्षक नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप नभै सक्षम,योग्य ब्यक्ति निस्पक्ष ढंगले नियुक्ति र शिक्षकलाई पेशागत तालिम प्रदान गर्ने,
९)प्रत्यक बिधालयमा अतिरिक्त क्रियाकलाप ३/३ महिनामा सन्चालन गर्ने,
१०) बिध्यालय ब्यवस्थापन समिती र शिक्षक अभिभावक संघलाई आफ्नो काम कर्तव्य र अधिकार सम्बन्धी क्षमता बिकास तालिम प्रदान गर्ने,
११) ५ वटा माध्यमिक बिध्यालय ( निर्कुभुमे,गौतम बुद्ध ,नारयण मा बि,बागेश्वरी ,गोसाइँकुण्ड ) हरुमा छात्रबासको निर्माण तथा सन्चालन गर्ने
१२) प्रत्यक बिधालयमा ईन्टरनेटको ब्यवस्था गर्ने
१३) प्रत्यक बिद्यालयमा स्वच्छ खानेपानी ,सुरक्षीत खेल मैदान , घेराबार, ब्यवस्थित शौचालयको ब्यवस्था गर्ने
१४) छात्राहरुको लागि निशुल्क सेनिटरी प्याड बितरण गर्ने,
१५)बिध्यालयमा बालक्लब तथा स्काउट ट्रुप सन्चालन गर्ने,
१६)प्राबिधिक तथा उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक अनुदान प्रदान गर्ने
१७) बिषयगत सुधारको लागि कोचिङ क्लास सन्चालन गर्ने
१८)बिध्यालयमा ICT LAB,science LAB,library ब्यवस्थापन तथा सन्चालन गर्ने!
१९) बौद्ध बिध्यालय स्थापनामा जोड दिने
अरु पनि धेरै छन गर्नुपर्ने मुख्य प्रतिबद्धता यहि रहनेछ ।बाकी तपाईं जस्तो शिक्षाप्रेमी,बुद्धिजीवीहरुको सल्लाह र सुझाव अनुसार अघि बढ्ने प्रण गर्दै प्रमुख पदमा मलाई भोट गर्नुहुन हार्दिक अपिल गर्दछु।
सात सुर्य सात छाप नेकपा एमाले जिन्दावाद !
धन्यवाद!
प्रकाशित :२०७९ बैशाख १८, आईतवार ११:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry