पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर। जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ। हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ।
Advertisement 1
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म २ सय २१ पशु निको भएका छन् भने ४ सय ८ पशु अझै सङ्क्रमित छन्। उक्त रोगबाट ३ पशु चौपाया मरेका छन्।
३ सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताएकाछन्। भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ। यो रोग महामारीका रूपमा फैलिने खतरा छ। रोग नियन्त्रणका लागि ९ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ।
प्रकाशित :२०८२ भाद्र २२, आईतवार ०९:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%