सामान्य प्रशासन मन्त्रालय काँग्रेसलाई,को बन्दैछन् मन्त्री ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसले पाउने भएको छ । सत्ता गठनबन्धनमा मन्त्रालयहरूको भागबन्डा अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने टुंगो भएको हो । जसअनुसार,काँग्रेसले रक्षा,अर्थ,परराष्ट्र,सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने टुंगो लागेको छ । काँग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्री बन्नेको सूचीमा प्रकाशशरण महत,एनपी साउथ,सीता गुरुङ,रमेश रिजाल लगायत मन्त्री बन्ने काँग्रेस स्रोतले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका अमनलाल मोदी सम्भवत उर्जा मन्त्रालयमा सरुवा हुनेछन् । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नारायणकाजी श्रेष्ठ गृहमा पठाइने छ भने अहिले सञ्चारको जिम्मेवारीमा रेखा शर्मा र पर्यटन मन्त्रालयको जिम्मेवारीमा सुदन किराती रहेका छन् । माओवादीले महिला तथा बालबालिका मन्त्रालय पाउने भागवण्डा टुंगिएको गठबन्धनका नेताहरुले जनाएका छन् ।
Advertisement 1
नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसालसहित प्रकाश ज्वाला मन्त्री बन्दैछन् । समाजवादीलाई वन तथा वातावरण र भौतिक पूर्वाधार मन्त्रालय पाउने टुंगो लागेको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।