अन्तत : सातामा दुई दिने बिदाको ‘च्याप्टर क्लोज’
अन्तत सातामा दुई दिन सरकारी कार्यालय बिदा दिने प्रस्तावको च्याप्टर क्लोज भएको छ । सरकारले बढ्दो इन्धन खर्च कटौती गर्न भन्दै साताका दुई दिन शनिवार र आइतबार विदा दिने तयारी गरेको थियो । सो च्याप्टर अन्तत क्लोज भएको हो ।
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कार्यालय पूर्णत बन्द गर्नुपर्ने र सरकारी राजश्व उठ्तीमा सोझै असर पर्नेुका साथैं जनताले सास्ती भोग्नुपर्ने सरकारी अधिकारीहरुको निष्कर्ष पछि सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट व्याक भएको हो । यस अघि नै सातामा दुई दिन सार्वजनिक बिदा गरिएको र सो असफल सिद्ध भइसकेको नजिरलाई समेत आधार मान्दै सरकारी अधिकारीहरु पछि हटेको बताइन्छ ।
मन्त्रिपरिषद्को बैठकले गत चैत्र ३० गते गरेको निर्णय बमोजिम सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । आज अर्थ मन्त्रालयले जारी गरेको सूचनामा उक्त निर्णय उल्लेख गरिएको हो ।
Advertisement 1
अर्थद्धारा जारी सूचनामा भनिएको छ,मुलुकको बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापका कारण थप इन्धन कटौती गर्ने निर्णय गरिएको हो । सरकारको यो निर्णय विकास आयोजना,शान्ति सुरक्षा,अत्यावश्यक सेवा र आसन्न स्थानीय तहको निर्वाचन प्रायोजनमा लागू नहुने जनाइएको छ ।
यस्तै छुट्टै ऐनबाट इन्धन सुविधा पाउने पदाधिकारीहरुको हकमा इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न अनुरोध गर्ने सूचनामा जनाइएको छ ।
यो निर्णय सबै सरकारी तथा सार्वजनिक संस्थानमा लागु हुने सूचनामा जनाइएको छ ।
यस्को अनुगमन भने केन्द्रिय निकाय,सबै संवैद्यानिक निकाय,प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिाला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने सूचनामा उल्लेख छ ।
Advertisement 2