निर्वाचन आयोगले ७७ जिल्लामा खटायो मुख्य निर्वाचन अधिकृत
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ।
Advertisement 1
आयोगले सात सय ५३ स्थानीय तहमध्ये ६ सय ७६ स्थानीइ तहमा निर्वाचन अधिकृतलाई पनि खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यही वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने र अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले निर्वाचन सम्बन्धी काम गर्ने आयोगले जनाएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकिएको जनाएको छ।
प्रकाशित :२०७९ बैशाख ४, आईतवार ०९:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%