भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर

निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ। प्रचण्ड पुत्री रेणु दाहाल पुन यो महानगरपालिकाबाट मेयरको उम्मेद्धार बनाउन प्रचण्डले दौड तिव्र पारेका छन् । गठबन्धनबाट रेणुलाई उम्मेद्धार बनाउने तयारी चलिरहँदा एमालेले भने हेभिवेट विजय सुवेदीलाई उम्मेद्धारको रुपमा अगाडि बढाएको छ ।
निर्वाचन आयोगले यस अघि तोकिएका जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृतबाट हटाएर उनको स्थानमा चितवनकै जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको आयोगले जनाएको छ।

Advertisement 1

भरतपुर महानगरपालिकामा निर्वाचन हुनु महिना दिन अघि मुख्य निर्वाचन अधिकृत चुनावको मुखमा हेरफेर गर्नुलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित :२०७८ चैत्र २९, मंगलवार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry