पुर्व प्रधानसेनापति कटुवाललाई कोरोना संक्रमण,सैनिक अस्पतालमा उपचार हुंदै
नेपाली सेनाका एक पुर्व प्रधानसेनापतिलाई कोरोना संक्रमण भएको छ । राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका नेपाली सेनाका पुर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कोरोना भाइरसको संक्रमण भएको हो। उनको स्वास्थ्यमा समस्या भएको उनलाई सैनिक अस्पताल छाउनीमा तीन साता अघि नै भर्ना गरेको पारिवारीक स्रोतले जनाएको छ ।
Advertisement 1
पुर्व प्रधानसेनापति कटुवालको स्वाशप्रस्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कटुवालको अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार वैशाख १ गे छाउनी अस्पतालमा भर्ना भएका कटुवालको अवस्था स्थिर छ। उनको अहिले आईसीयुमा राखेर उपचार भइरहेको छ। ‘उहाँ छाउनीस्थित सैनिक अस्पतालको कोभिड वार्डमा वैशाख १ गते नै भर्ना हुनु भएको हो’, पौडेलले फरकधारसँग भने, ‘अहिले उहाँलाई अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। तर उहाँको अवस्था त्यस्तो जटिल छैन, सामान्य नै छ।’