सहसचिव पदको लागि ६ जना छनोट
लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । वन, स्वायल एण्ड वाटर कन्जरभेसन समूहको सहसचिव पदको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
माग संख्या एक जनामा लिखित परीक्षामा ४९ जना संमिलित भएका मध्य ६ जना अन्तरर्वार्ताको लागि छनोट भएका छन् । जसमध्य अजय काकी, केदार वराल, गणेश पड्डेल, नवराज पुडासैनी, मन्जु घिमिरे र मोहनराज काफ्ले छनोट भएका हुन् । अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ ।
आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुयाएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई एक घण्टा अगावे आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनु पर्ने छ ।
822_17170_स्वायल