जनशक्ति अभाव झेल्दै नार्क, पाएन कृषि वैज्ञानिक

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ । आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आहृवान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो ।
Advertisement 1
निर्देशनालयमा हाल कर्मचारीको स्वीकृत दरबन्दी ८० रहेकोमा २ दर्जन जनशक्ति मात्र कार्यरत छन् । नार्कले धेरै वर्षदेखि रिक्त दरबन्दीमा पदपूर्ति नगर्दा समस्या आएको हो । जनशक्ति अभावका कारण एकै कर्मचारीले कामको चाप खेप्नु परेको छ । केन्द्रमा एस–५ तहको १ मुख्य वैज्ञानिक, टी–५ तहको एक सिभिल ओभरसियर खाली छ भने एस–३ तहको इन्टोमोलोजी वरिष्ठ वैज्ञानिक ५ जनामा ४ वटा रिक्त छ ।
एस–१ तहको एग्रोनोमीरप्लान्ट ब्रिडिङ एन्ड जेनेटिक्स वैज्ञानिकको ८ जनामा ३ वटा, टी–६ तहको ओलरीकल्चर प्राविधिक अधिकृत १४ मा २ रिक्त छ । प्रशासकीय अधिकृत र लेखा अधिकृत २–२ मध्ये १–१ दरबन्दी रिक्त छ ।