कार्यालय रित्याएर कर्मचारी घुमघाममा

स्थानीय तहको निर्वाचन समय नजिकिदै छ ।निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासनले कर्मचारीलाई जिल्ला नछाड्न र अत्यावश्यक काम परेर छोड्नै परे प्रशासनको अनुमति लिनुपर्ने भनेपनि उक्त निर्णय गरेको छ। तर उक्त निर्णयलाइ लत्याउँदै यतिबेला अधिकांश कर्मचारी कार्यालय नै रित्याएर भ्रमण गरिरहेका छन् ।
Advertisement 1
प्रसङ्ग रहेको छ मोदीखोला जलविद्युत् केन्द्रको जहाका प्रमुख नै जानकारी नदिई कार्यालयकै गाडीमा दुई दिनदेखि मुस्ताङ शयरमा छन् । कर्मचारीलाई समेत गाडीमै लिएर केन्द्र प्रमुख आभास ओझा बिहीबारदेखि मुस्ताङ यात्रामा निस्किएका हुन् ।
ओझाले सहायक मेकानिकल इन्जिनियर गणेशप्रसाद भण्डारी, लेखा प्रमुख देवेन्द्र शर्मा लम्साल, प्रशासन प्रमुख प्रदीप सापकोटा र केन्द्रका सवारी चालकसमेत लिएर गएका हुन् । अत्यावश्यक सेवा प्रदायक उक्त केन्द्रमा बिहीबारदेखि कर्मचारी छैनन् । कार्यालयको नाममा रहेको बा१ञ २३५७ नम्बरको गाडी लिएर उनीहरू मुस्ताङ घुमफिरमा निस्किएका हुन् । चौबिसै घण्टा विद्युत् आयोजनाको रेखदेख गर्नुपर्ने केन्द्र प्रमुखसहित इन्जिनियर र महत्त्वपूर्ण जिम्मेवार कर्मचारी लामो समय जिल्लाबाहिर जाँदा कुनै निकायलाई खबर गरेका छैनन् ।
Advertisement 2
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रशासनका सूचना अधिकारी मोहन थापाले केन्द्र प्रमुख जिल्लाबाहिर गएकोबारे प्रशासनलाई जानकारी नभएको स्पष्ट पारे ।