कर्मचारीको तलब नबढ्ने,महंगी भत्तालाई निरन्तरता

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
आर्थिक बर्ष ०८०/ ८१ को बजेटमा कर्मचारीको तलब नबढ्ने भएको छ । आगामी वर्षका लागि १७ खर्ब हाराहारीको बजेट आउने अनुमान गरिएको छ ।
बजेट निर्माणमा संग्लग्न एक अधिकारीका अनुसार, यस पटक कर्मचारीको तलबमान बृद्धि नहुने भएको हो । स्रोत अभावको कारण देखाएर यस पटक कर्मचारीको तलब तलबमान वृद्धि भएको छैन।

Advertisement 1

बजेटमा कर्मचारीको भत्ता कटौती हुने सम्भवना रहेको बताइदै आएको थियो । पूर्वमुख्यसचिव लिलामणि पौडेल नेतृत्वको उच्चस्तरीय तलब सुविधा आयोगले गरेको सिफारिस अनुसार क्रमिक रुपमा तलब बढाउँदै दक्षिण एसियाका अन्य देशकै कर्मचारीको सरह नेपालका कर्मचारीको तलब पुर्याउने तर, यसपाली तलब बढाएर महँगी र पोसाक भत्ता कटौती गर्ने तयारी गरिएको बताइएको भए पनि यस पटक कर्मचारीको तलबमान नबढ्ने र महंगी भत्तालाई निरन्तरता दिन लागिएको बताइएको छ ।
आगामी आर्थिक बर्षको भत्तामा महंगी भत्ता काटिन लागेको बिषयमा भने ती अधिकारीले भने बजेटमा महंगी भत्तालाई यस अघिकैलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry