नियुक्ति,ओएण्डएमदेखि नियमावली स्वीकृतिसम्म :- यी हुन मन्त्रिपरिषद्का पछिल्ला १८ निर्णय

Advertisement 1
मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेका विभिन्न १८ वटा निर्णयहरु आज सार्वजनिक गरिएको छ । आइतबार बसेको क्याविनेटका निर्णयहरु आज सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरेका हुन । जसमा विभिन्न नियुक्ति,बढुवा लगायतका निर्णयहरु भएका छन्
जसअनुसार नेपाल पारवान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड महाप्रबन्धकमा प्रेमराज भण्डारीले नियुक्ति पाएका छन् । यस्तै सरकारले विद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंगोललाई नियुक्त गरेको छ। यस्तै सरकारले पाथिभरा क्षेत्र विकास कोषको अध्यक्षमा रक्की थेबेलाई तोक्ने निर्णय गरेको छ ।
यस्का अलवा सरकारले आर्थिक वर्ष २०७ ०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै प्रहरी दशौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि क्याविनेटले गरेको छ । खानेपानी मन्त्रालय र अन्तर्गत निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय भएको मन्त्री कार्कीले जनाएका छन् ।
यस्का अलवा विभिन्न भ्रमणका लागि स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।
आगामी २०७९ जेठ १९ गतेदेखि २० गतेसम्म स्वीडेनको स्टक होममा हुने एलडीसी इन्गेजमेण्ट स्टाटेजी कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्री श्री रामशाहप्रसाद यादव र सचिव डा। प्रेम नारायण कँडेललाई स्वीकृत दिने ।
Advertisement 2
मिति २०७८ चैत्र १४ गते दुबईको एट्लान्टिस द पार्ममा हुने हाई लेभल सेग्मेण्ट अफ द मिडिल स्टिल अफ द अफ्रिका क्लाइमेट विक २०२२ एमइएनएसीडब्ल्यू सम्बन्धी कार्यक्रममा सहभागी हुन मान्य वन तथा वातावरण मन्त्री रामशाहप्रसाद यादवलाई स्वीकृत दिने ।
मिति २०७८ चैत्र १० देखि १३ सम्म भारतको हैदराबादमा आयोजना हुने विङ्स इण्डिया २०२२ नामक कार्यक्रम र चैत्र ११ गते आयोजना हुने मिनेस्टिरियल क्लिनरी सेसनमा सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने ।
Advertisement 3
मिति २०७८ चैत्र ७ मा यूएन ह्याबिटेटद्वारा प्रि मिटिङ अन द इप्लिमेण्टेशन अफ द न्यू अर्वान एजेण्डा विषयक भर्चुअल रुपमा हुने बैठकमा सहभागी जनाउन माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई स्वीकृत दिने ।
यूएन ह्याबिटेटद्वारा प्रि मिटिङ अन द इप्लिमेण्टेशन अफ द न्यू अर्वान एजेण्डा विषयक भर्चुअल रुपमा हुने बैठकमा सहभागी जनाउन माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई स्वीकृत दिने लगायतका निर्णय गरेको छ भने आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रिय आयुर्वेद चिकित्सालयको नाम रहेको भवनसहित भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउनेदेखि त्यस्तै, , साविक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको ४ किल्लाभित्र सीमित रहनेगरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगरविकास समिति गठन गर्ने, कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने निर्णय भएको छ ।
हाइलेज एक्सपोर्ट फर्म नेपाल टु चाइनासम्बन्धी समझदारी पत्रमा नेपालको तर्फबाट चिनियाँ समकक्षी अनुसारको तहबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृत दिने, ५ औं विमस्टेक शिखर सम्मेलनमा विमस्टेक बडापत्रलगायत अन्य दस्ताबेजहरूमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने, श्रीलंकाको कोलम्बोमा चैत १६ मा आयोजना हुने विमस्टेक सदस्य राष्ट्रहरूको ५ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीलाई भर्चुअल रूपमा सहभागिता जनाउन र विमस्टेक मन्त्रिस्तरीय बैठक र विमस्टेक परराष्ट्र सचिव वरिष्ठ पदाधिकारीहरूको कार्यमा क्रमशः परराष्ट्रमन्त्री तथा परराष्ट्रसचिव स्तरीय प्रतिनिधि मण्डलले भौतिक रूपमा सहभागी जनाउन नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ।