अदुवाको बीउमै दुई करोड भ्रष्टाचार

अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानविन गर्दा स्याङ्जाको गल्याङ नगरपालिकामा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ ।

Advertisement 1

मनासिव कारणविना नै अस्वाभाविकरूपमा अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकालाई गैरकानूनीरूपमा हानि पु¥याएको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख भूपराज अधिकारीविरुद्ध रु १३ लाख बराबरको बिगो कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेशनमा उल्लेखित कागजातको परीक्षण नै नगरी अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि आदेश दिएको पाइएको छ । उनीहरूले पटकपटक गरी रु दुई करोड १४ लाख ५० हजार बराबरको भुक्तानी दिएको पाइएको छ ।

Advertisement 2

आयोगले आय करबापतको रु तीन लाख ७९ हजार पाँच सय एक बराबरको रकम घटाई रु एक करोड ९७ लाख ७० हजार चार सय ९९ बराबरको बिगो दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध बिगो असुल उपर गरी कडा कारवाहीको माग गरिएको छ ।

यस्तै अदुवाको बीउ आपूर्तिकर्ता स्पुक टे«डर्सका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि रु दुई करोड १० लाख ७० हजार चार सय ९९ बराबरको बिगो कायम गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement 3

 

प्रकाशित :२०७९ माघ १०, मंगलवार ०९:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम