यस्तो छ ८८ हजार निजामतीका सन्तती लाभन्वित हुने शैक्षिक छात्रवृत्तिसम्बन्धी निर्देशिका,२०७८

निजामती कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति तीन वर्षपछि फेरि प्रारम्भ भएको छ । गत साताको क्याविनेटले विभागीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ लाई स्वीकृत गरेसँगै सो वृत्ति पुन सुचारु हुन लागेको हो । यो निर्णयसँगै झण्डै ८८ हजारभन्दा बढी सरकारी कर्मचारी र तिनका सन्तती लाभन्वित हुने छन् ।

Advertisement 1

जसअनुसार निजामती कर्मचारीका सन्ततिले स्नातक तहमा अध्ययनका लागि १ लाखदेखि ५ लाख रुपैयाँसम्म छात्रवृत्ति पाउने भएका छन् ।क्याविनेटबाट स्वीकृत भएका निर्देशिका अनुसार निजामतीका सन्ततीहरुले ६ किसिमका छात्रवृत्ति पाउने छन् । २० लाख रुपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख रुपैयाँ, १५ देखि २० लाखसम्म लाग्ने भए ४ लाख रुपैयाँ, १० देखि १५ लाखसम्म लाग्ने भए ३ लाख रुपैयाँ, ५ देखि १० लाख रुपैयाँसम्म लाग्ने भए २ लाख रुपैयाँ, १ देखि ५ लाखसम्म लाग्ने भए १ लाख रुपैयाँ र त्यसभन्दा कम भए लागेको शुल्क बराबर छात्रवृत्ति प्रदान गरिनेछ ।

Notices-20220316150819473

 

प्रकाशित :२०७८ चैत्र २, बुधबार १९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry