सचिव आचार्यको बेग्लै संसार

नेपाल सरकारका सचिव सुरेश आचार्यको अर्काे पनि परिचय थपिएको छ । अब्बल प्रशासकका रुपमा परिचित गीतकारका रुपमा उदाउँदै गरेका आचार्य हाल खानेपानी मन्त्रालयको सचिवको भूमिका छन् । साहित्यिक वा सांगीतिक दुनिँयामा ‘सियरा’ उपनामले परिचित आचार्यको हिलो गीति एल्बम ‘तिम्रो प्रेरणा’ को सफलतापछि ‘रमाउँदै आयौ’ गीति एल्बम बजारमा आएको छ । ममता गुरुङको स्वर रहेको गीतमा विसम आचार्यले संगीत भरेका छन् । किरण कृयसनद्धारा प्रस्तुत अडियो–भिडियो सेवा स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेका हुन् ।

Advertisement 1

फिमेल भर्सनसँगै मेल भर्सनमा सार्वजनिक भएको गीतमा मेल भर्जनतर्फ नेपाल आइडलबाट उदाएका युवा गायक किरण भुजेलको समुधुर स्वर रहेको छ । रमाउँदै आयौँ अघि बजारमा आएको तिम्रो प्रेरणालाई दर्शकले उत्तिकै रुचाएका थिए । तिम्रो प्रेरणा एल्बमभित्र ८ वटा गीतहरु समावेश छन् । जसमा चर्चित गायक स्वरुप आचार्य, प्रमोद खरेलदेखि नवगायिका अस्मिता अधिकारले स्वर दिएकी छन् ।
निजामति क्षेत्रमा कुशल प्रशासकका रुपमा आफूलाई उभ्याउन सफल आचार्यको पछिल्लो समय सांगितिक क्षेत्रमा एक पछि अर्काे चर्चा चुलिँदैछ । लामो समय पर्यटन मन्त्रालयमा बिताएका उनी सचिव पदमा बढुवा भएसँगै नेपाल ट्रष्टको कार्यालय,पुर्ननिर्माण प्राधिकरण,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको (प्राविधिक) सचिव हुँदै अहिले खानेपानी तथा सरसफाइ मन्त्रालयको कमाण्ड गर्न आइपुगेका छन् उनी । आचार्यको ब्याकग्राउन्ड हेर्ने हो भने इञ्जियर हुन् ।
निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् । साहित्य सिर्जनामा घोत्लिँदा उनी आफूलाई सियराका रुपमा उभ्याउँछन् र गीत लेख्न थाल्छन् । सेवाबाहिर रहँदा साहित्य सिर्जनामै व्यस्त रहने आचार्य जागिरपछि बचेको समयमा निरन्तर संगित क्षेत्रमा लाग्ने बताँउछन् ।

Advertisement 2

प्रकाशित :२०७८ चैत्र २, बुधबार १६:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम