पढ्नमा अब्बल कान्छा सहसचिवको कार्यसम्पादनमा खोट :- अख्तियारदेखि सतर्कता केन्द्रसम्मले काट्यो पत्र

तेह्रथुमकी सीता गुरुङले सम्हालेको शहरी विकास मन्त्रालयको बजेट गत आर्थिक वर्षभन्दा ३० अर्बले बढाएर ६६ अर्ब १७ करोड रूपैयाँ पु¥याइएको छ । तर, यही विकासे अड्डाको हविगतचाहिँ भद्रगोल छ । कान्छा सहसचिव प्रदीप परियार अहिले त्यहाँ कर्मचारी प्रशासनका हाकिम छन् । मन्त्रालय मातहत ३५ सहसचिवमध्ये सबैभन्दा जुनियर उनै हुन् ।

Advertisement 1

मन्त्रालयमातहत शहरी विकास तथा भवन निर्माण र स्थानीय पूर्वाधार छन् । यही मन्त्रालयले मन्त्री क्वार्टरको रेखदेखदेखि संसद भवन (बिआइसीसी), काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवासलगायत नौ वटा निकाय हेर्दछ । २१ वटा आयोजना हेर्ने पनि यही मन्त्रालयले हो तर यी निकायको काम प्रभावकारी गराउन अनुभवी कर्मचारी चाहिनेमा अधिकृतबाट उपसचिवमा कामै नगरी ३२ वर्षमै सहसचिव बनेका प्रदीप परियारलाई कर्मचारी प्रशासनको हर्ताकर्ता बनाइँदा भद्रगोल देखिएको कर्मचारीहरु बताउँछन् । मन्त्रालय र मातहतका निकायमा संयोजक भई कहाँ, कति कर्मचारी चाहिन्छ त्यसको संगठन तथा व्यवस्थापन (ओएण्ड एम)को काम गर्नुको सट्टा कहाँ कसलाई पठाउँदा ठीक हुन्छ त्यसमा मात्र ध्यान दिने गरेको र मन्त्री सीताको स्वकीयसँग नजिक भएर सरुवामा आर्थिक लाभ उठाउँदै आएको भन्दै अख्तियारलाई गुहारिएको छ ।

Advertisement 2

शहरीको जिम्मेवारी सम्हालेको वर्ष दिनमै एकपछि अर्का अनियमिततामा मुछिएपछि छानबिनका लागि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको अति गोप्य पत्र इकर्मचारी डटकमले फेला पारेको छ । पत्रमा प्रशासन समूहका सहसचिव परियारको अपरिपक्वताका कारण मन्त्रालय लथालिङ्ग बन्न पुगेको उल्लेख छ । प्राविधिक र विकासे मन्त्रालयको रूपमा चिनिएको शहरीमा प्रशासनका सचिव परियार हाबी हुँदाको असर दूरगामी हुने ठानिएको छ ।

स्रोतकाअनुसार, २१ वटा आयोजनामा करारका इञ्जिनियरदेखि कर्मचारी भर्ना गर्दा एकदेखि दुई महिनाको तलब सिधै माग्ने गरिएको छ । पूर्व सचिव रमेश सिंहबाट प्रदीपले यस्तो कला सिकेका हुन् भनिन्छ । यसअघि अख्तियारद्वारा डामिएका सुवाष बस्नेतलाई आर्थिक लाभ लिएरै बाग्मती सभ्यता आयोजनामा पठाएका थिए प्रदीपले । तिनलाई तानेर फष्र्ट क्लास अफिसरलाई खटाइएकोमा पुनः बस्नेतलाई पठाउने गृहकार्य भइरहेको स्रोतले  बतायो । बस्नेत अहिले भवन निर्माण विभागमा कार्यरत छन् ।

Advertisement 3

पूर्व मुख्य सचिव शंकरदास वैरागीको गाउँले भएकै कारण प्रदीपले सहसचिव भए यता प्रदेशतिर झर्नुपरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृत रहेका उनी खुला प्रतिस्पर्धाबाट सहसचिव बनेलगत्तै शहरीमा पदस्थापन भएका थिए । पढेलेखेका भनेर मात्र के गर्नु पर्यटनका गोल्ड मेडलिष्ट उपसचिव प्रमोद नेपालले गाडीमा घुस र भन्सारका अर्का गोल्ड मेडलिष्ट सुब्बा रेवन्त खड्काले एयरपोर्टमा सुनकाण्ड मच्चाएकै छन् ।

प्रकाशित :२०८० श्रावण २१, आईतवार ०६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry