यी ५४ महिला,जो पहिलो बनेर नेपाली इतिहास रचे
पछिल्लो समय उच्च पदमा पुग्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । १० वर्षसम्म चलेको माओवादी बिद्रोह र ०६२/०६३ सालको जनआन्दोलनपछि महिला सहभागीता ह्वात्तै बढेको छ ।
Advertisement 1
उच्च ओहोदामा धेरै महिलाले स्थान पाएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन अन्य निकायमा पनि महिलाको उपस्थिति राम्रो हुँदै गएको छ । अहिले मुलुकको शीर्ष स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् । यसअघि प्रधानन्यायधीश, सभामुखलगायतका विभिन्न निकायका प्रमुखमा महिला पुगिसकेका छन् । परम्परागत रुपमा पुरुषले गर्ने धेरै काम महिलाले झन्झन् राम्रोसँग गर्न थालेका छन् ।
नेपालमा सर्वप्रथम महिला :
राष्ट्रपति : विद्या देवी भण्डारी
प्रधान न्यायाधीश : शुसिला कार्की
न्यायाधीश :- शारदा श्रेष्ठ
वरिष्ठ अधिवक्ता :- शुशिला सिंह
सभामुख :- ओनसरी घर्ती
उपसभामुख :- लिला श्रेष्ठ(सुब्बा)
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष :- भवानी राणा
उपप्रधानमन्त्री :- सैलाजा आचार्य
रक्षा मन्त्री :- विद्या देवी भण्डारी
परराष्ट्रमन्त्री :- सुजाता कोइराला
राज्यको उत्तराधिकारी :- नायक देवी
उपमन्त्री :- द्वारीकादेवी ठकुरानी
मन्त्री :- शुसीला थापा
पि.एच.डी. :- डा.प्रभा बस्नेत
त्रि.वि. बाट पि.एच.डी. :- विनु लोहनी
नेपाली भाषामा पि.एच.डी. :- सुभद्रा दाहाल
नेपाली साहित्यमा पि.एच.डी. गर्ने :- वानीरा गिरी
राजदूत :- विन्देश्वरी शाह
स्नातकोत्तर गर्ने :- जयकला देवी
पुरातत्त्व विषयमा स्नातकोत्तर :- सानुनानी कंसाकार
इन्जिनियर :- कान्ति मल्ल
प्रजिअ :- उषा नेपाल(पौडेल)
नर्सिङ तर्फ डिग्री :-उमादेवी दास
भारतमा नेपाली गित रेकर्ड गर्ने :-मलेवा देवी
रेडियो नेपालको गायिका :-रानुदेवी अधिकारी
एस.एल.सी. पास गर्ने :-प्रभा राज्य लक्ष्मी देवी राणा
एस.एल.सी. वोर्ड फस्ट हुुने :- लुना भट्ट
राजसभा सदस्य :-सरस्वती राई
लोकसेवा आयोग सदस्य :- उमा पाण्डे
अञ्चल सभापति :- भद्राकुमारी घले
सचिव (विशिष्ट श्रेणि) :- चन्द्रकला किरण
पुस्तकालय अध्यक्ष :-शान्ति मिश्र
महेन्द्र विद्याभूषण पाउने :-सावित्री सिंह
मदन पुरस्कार पाउने :-पारीजात
हिमाल चढ्ने :-निमी शेर्पा
सगरमाथा चढ्ने :- पासाङ ल्हामु शेर्पा
प्रिन्सिपल :-अंगुरबाबा जोशी
पार्टी अध्यक्ष :-पम्फा भुसाल
मिस नेपाल :- रुवी राणा
इन्सपेक्टर :- निलमदेवी
डि.एस.पि.:- पार्वती थापा
एस.एस.पि. :-भारती याक्थुम्बा
अमेरिकी साहित्यमा पि.एच.डी.:- गिता खड्का
मिडवाइफ :-राधादेवि माली/विद्या उदास
वीर अस्पतालको महिला सुपरिटेन्डेन्ट :- डा.राजवाई राणा
मनोविज्ञानमा पि.एच.डि.:- आरजु राणा
हिन्दी साहित्यमा पि.एच.डि. :-आशा सिन्हा
नायिका :- भुवन चन्द(थापा)
जिल्ला सभापति :-ओम टेम्पु लामा
आयुर्वेदाचार्य :- कादम्बरी आचार्य
पत्रकीतामा विद्यावारिधि :- गितामैया श्रेष्ठ
महिला संघ अध्यक्ष :- योगमाया कोइराला
प्रध्यापक संघकी सभापति :- सुप्रभा घिमिरे
रंगमञ्चमा र चलचित्रमा एम.ए. :- चैत्यदेवी