शम्भुनाथका मेयर भ्रष्टाचारमा मुछिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनीयर रामचन्द्र साहविरुद्ध  भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनीयर रामचन्द्र साहविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विद्यालय सभाहल निर्माणमा मेयर गुप्ता र इञ्जिनियर साहले मिलेमत्तोमा आर्थिक अनियमितता गरेको पुष्टी भएसँगै मुद्दा चलाएको अख्तियारले जनाएको छ । उनीहरुले अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको अख्तियारको दाबी छ । गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इञ्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ताको पनि संलग्नता खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित :२०७९ फाल्गुन १९, शुक्रबार १०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry