सीता परियार : दलित समुदायबाट पहिलो महिला सीडीओ
दृढ इच्छाशक्ति र संकल्प हुनुपर्दछ मनमा । असम्भव केही छैन दुनिँयामा । यो संसार नै जित्नेहरुको हो । तिनैको लेखिन्छ इतिहास । हार्नेहरु त कहाँ छुट्छन कहाँ इतिहासको पानामा ।
यस्तै रकेर्ड कायम गराएका छन् सीमान्तकृत समुदायबाट उठेकी सीता परियारले । जो पहिलो महिला एलडिओ हुँदै प्रमुख जिल्ला अधिकारीको रुपमा आफूलाई उपस्थित गराएकी छन् । तर यहाँसम्म उक्लिनका लागि उनले कम्ता पापड पेलेकी छैनन । गृह मन्त्रालयले केही साता अघि मात्र ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्यो । । जसमध्ये भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहेकी सीता परियारलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
परियार पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारीको बनेर रेकर्ड ब्रेक गर्न सफल भएकी छिन् । यस अघि उनी पहिलो दलित महिला एलडिओको रुपमा समेत काम गरिसेकी छिन् ।
कास्कीको रुपाकोटमा जन्मिएकी हुन परियार । उनको माध्यमिक तहसम्मको शिक्षा रुपाकोटमै भएको थियो । तीन दाजु र तीन बहिनीमध्ये माइली हुन सीता । एसएलसी उत्र्तीण गरे लगतै उनी विवाह बन्धनमा बाधिइन । विवाहपछि गार्मेन्टमा लुगा कटिङको काम गर्दै उच्च शिक्षालाई अघि बढाइन ।
आइए उत्र्तीण गरे पछि उनी भित्रिइन राजधानी खाल्डो । पद्यकन्या कलेजमा भर्ना भइन र बानेश्वरस्थित कपडा पसलमा लुगा सिउन काम गर्दै स्नातक तह अध्ययन गर्न थालिन ।
विए तहको परीक्षा चल्दै गर्दा उनी सुत्केरी भइन १८ दिनको बच्चालाई बोकेरै उनी परीक्षा हलमा सहभागी भइन । यसरी दिएको परीक्षा पनि पार लगाइन ।
बीए तह उत्र्तीण भइ पछि दलित उत्थानमा काम गर्ने गैरसरकारीमा रोजगारी पाइन । त्यहीँ अधिकृतस्तरको जागिर गर्दै २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा मास्र्टस पनि गरेँ ।
०७० सालमै एनजिओको अधिकृतबाट सरकारी अधिकृतमा बदलिइन । अधिकृत भएको उपसचिवमा भिडिन । नाम निस्कियो । दोलखाको एलडिओको रुपमा पाँच महिना काम गरेर पहिलो महिला दलिनत एलडिओको रुपमा रेकर्ड राखिन ।
Advertisement 1
त्यहाँबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तत्कालीन स्थानीय विकास मन्त्रालयमा सहायक प्रवक्ता,भोजपुरमा एलडीओ,धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, चन्द्रागिरी नगरपालिका,कीर्तिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर चलाएर । त्यहाँबाट गृहमा तानिएकी उनी ०७८ आश्विन २० मा भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएकोमा ४ महिना पछि हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।
Advertisement 2
कुनै समय थियो दलितहरु उच्च वर्गहरुको नजरबन्दनमा बस्नु पर्ने । तर, समयले विस्तारै कोल्टे फेर्दै छ । अहिले समय परिवर्तनसँगै विस्तारै जातीयताका कुरा हट्दै छन् । दलित समुदायमै पनि केही व्यक्ति यस्ता छन्, जसले डटेर अघि बढेर सफलता हात पार्न सफल भएका छन् । मानबहादुर विक पहिलो दलित सचिवको रुपमा काम गरेर रिटायर्ड भइसक्नुभएको छ । कान्छो प्रमुख जिल्ला अधिकारी बनेर मेघबहादुर मग्रातीले, उपेन्द्र विक उपप्राध्यापक हुन्, सीता नेपाली सामाजिक अभियन्ता, सुरेश सुनुवार कान्छो सिडियोको रुपमा गगनसिं सुनार दलित समुदायबाट पहिलो मेयर बनेर रेकर्ड राख्नुभएको छ ।