विभेदकारी थ्रेस होल्डको प्रावधान संशोधन गर्ने नेपाल मधेसी निजामती कर्मचारी मञ्चको माग
नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सहभागिताकोलागी थ्रेसहोल्ड संशोधनको माग गरेको छ ।
मञ्चले थ्रेसहोल्ड संशोधनसहितका ४ बुँदे मागपत्र विभिन्न निकायहरुमा बुझाएको छ ।
कर्मचारीहरुको ट्रेड युनियनको निर्वाचनमा राष्ट्रिय स्तरको संगठनको मान्यता पाउनका लागि कूल खसेको मतको १० प्रतिहत मत पाउनु पर्ने उल्लेख छ । यस्लाई सच्चाउन माग गरिएको छ । जबकी राष्ट्रिय दल बन्नका लागि कूल खसेको मतको तीन प्रतिशत मत ल्याए पुग्ने व्यवस्था छ । यो प्रावधान सच्चाउन मञ्चले माग गरेको छ ।
मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीका अनुसार मञ्चले आफ्ना ४ बुँदे माग पत्र मुख्य सचिव मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ज्यू रामेश्वर राय यादव सहित सिबिए निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत ज्यूलाई माग पत्र वुझाइएको हो ।
Advertisement 1
अघिल्लो निर्वाचनमा मधेसी मञ्चले कूल खसेको मतको ७ दशमलव ८ प्रतिशत मत सहित तराईका ७ जिल्लामा अध्यक्ष र १३ जिल्ला कार्यसमितिमा आफ्नो उपस्थिती जनाएको छ । हाल निजामती सेवामा औसत आठ प्रतिशत हाराहारीमात्र कर्मचारीको उपस्थित रहेको उल्लेख गर्दै विद्यमान थ्रेसहोल्डको प्रावधान विभेदकारी रहेको उल्लेख गर्दै सच्याउन मागपत्रमा उल्लेख गरिएकोछ ।
आगामी २४ असोजमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति तोकिएको छ ।