अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ।
Advertisement 1
गत मंशिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा राईलाई सिफारिस गरेको खुलेको हो।
संवैधानिक परिषदले अख्तियारमा राईलाई सिफारिस गरेको पत्र संसद सचिवालय पुगेपछि यो रहस्य खुलेको हो, अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको छ।तर गोप्य राखिएको छ । स्रोतका अनुसार रिक्त रहेका ४५ मध्ये धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ ।
Advertisement 2
सो दिन बसेको संवैधानिक परिषद्को बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गरी सोही निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतले जनायो।
यस्तै आयुक्तमा पूर्व एआइजी जयबहादुर चन्दको नाम सिफारिस भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट चन्दलाई मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले सिफारिस गरेको थाहा भएको छ।त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।