यी हुन राष्ट्रपतिबाट कैद मिनाहा पाएका ५०१ कैदी (सूचीसहित)
सरकारले ५ सय १ जना कैदीको कैद मिनाहा गरेको छ । अस्ति बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन । यस्तै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आङनिमा शेर्पासहित १२ जनाको सजाय माफ गरेकी छन् ।
Advertisement 1
नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले बाँकी कैद मिनाहा गरेकी हुन् ।
कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीबन्दीको कैद मिनाहा गरिदैं आएको छ । २०७८ फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फूर्वा शेर्पा,कृष्णकुमार लिम्बु, तेम्बा शेर्पा, दिपेश लिम्बु, रजिना गुरुङलगायत छन् ।