अब सह सचिवको काज सरुवा नहुने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अब सह सचिवको काज सरुवा नगर्ने भएको छ । सह सचिवको सरुवा मन्त्रिपरिषद्को बैठकबाटै हुने भएको हो । सह सचिवको काज सरुवा गर्दा विवादित बनेपछि मन्त्रलायले कुनै पनि सहसचिवको काज सरुवा नगर्ने र मन्त्रिपरिषद्बाटै सह सचवको सरुवा हुने मन्त्रालयको एक अधिकारीले सुनाए । अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट सहसचिवको सरुवा हुने मन्त्रालय स्रोतको भनाई छ ।

Advertisement 1

अहिले झन्डै तीन दर्जन सहसचिवको सरुवा तथा पदस्थापनको गृहकार्य भइरहेको भए तापनि विभिन्न शक्तिकेन्द्रले आफू निकटका सहसचिवलाई आफूअनुकूलको निकायमा लैजान दौडधुप तीव्र पारेपछि सहसचिव सरुवा प्रक्रिया नै अवरुद्ध बनेको छ । विभिन्न शक्तिकेन्द्रको चलखेलका बावजुद पनि सामान्य प्रशासन मन्त्रालयले दुई दर्जन सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्मा पठाउने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ ।

प्रकाशित :२०७७ फाल्गुन ६, बिहीबार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry