कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

कालीकोट। नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।
Advertisement 1
‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ बमोजिम आवश्यक सबै सूचक तथा प्रक्रिया पूरा गरेको उल्लेख गर्दै पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको सूचना अधिकारी कालीकोटका कटक महतले जानकारी दिए।
पोषणमैत्री वडा घोषणाका मुख्य सूचकहरू सुनौला हजार दिनका गर्भवती तथा सुत्केरीले स्वास्थ्य संस्थामा नियमित जाँच र पोषण परामर्श पाएको हुनुपर्नेलगायतका मापदण्ड रहेको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताए।
Advertisement 2
बालबालिकाको पोषणका लागि ६ महिनासम्म पूर्ण स्तनपान र ६ महिनापछि थप पोषिलो खाना खुवाइएको, बालबालिकाको पोषण अवस्था सामान्य भएको हुनुपर्ने, स्वच्छ वातावरणमा वडामा खुल्ला दिसामुक्त अवस्था र सफा खानेपानीको सुनिश्चितता हुनुपर्ने मापदण्ड छन् । उनले भने, “स्थानीय उत्पादनको उपभोग बढाउने र कुपोषण न्यूनीकरणमा बहुक्षेत्रीय पहल भएमा पोषणमैत्री वडा घोषणा गर्न सकिने मापदण्ड छ।”
–––














