दरबन्दी थप,बढुवा,नियुक्तिदेखि बर्खास्तसम्म :- यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले बढुवा,नियुक्तिदेखि बर्खास्त गर्नेसम्मका निर्णय गरेको छ । बिहिबार बसेको क्याविनेट बैठकले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै क्याविनेटले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त गरेको छ । वोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो । सरकारले यिनीहरु मध्येबाट हमाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै हिजोको क्याविनेटले नेपाल वन निगमका सिइओ रामेश्वर भट्टराई बर्खास्त गरेको छ । केपी ओलीका पालामा ७४ नम्बर ल्याएका पँकज दासलाई पाखा लगाएर ४९ नम्बरमै सिमित भट्टराईलाई नियुक्त गरेका थियो । उनी माथि ८० लाख रकम बराबरको ठेक्का सेटिङ मिलाएर आफन्तका कम्पनीलाई दिएको आरोप लाग्दै आएको छ । उनीविरुध्द अदालतमा मुध्दा परेको थियो । सर्वोच्च अदालतले जरिवाना र जेल सजाय ठहर गरेपछि उनी फरार छन् । यस्तै नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) को ३ वटा दरबन्दी थप भएको छ । केही दिनअगाडि प्रहरी प्रधान कार्यालयले संगठन सर्वेक्षण अर्थात ओएण्डएम गरी गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।मन्त्रिपरिषदले ओएन्डएम स्वीकृत गरेसँगै अर्थ मन्त्रालयले सहमति दिएको थियो ।
यता स्थानीय तहको संख्या थपेर ७६६ वटा पुर्याउने सामान्य प्रशासनको प्रस्तावमा बैठकमा कुनै निर्णय भएन ।

प्रकाशित :२०७८ फाल्गुन ६, शुक्रबार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry