यी हुन मन्त्रिपरिषद् बैंठकका पछिल्ला निर्णय :- नियुक्ति,सार्वजनिक बिदा दिनेदेखि कोष स्थपना गर्नेसम्म

सरकारले क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने देखि  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त गर्नेसम्मको निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रिसमस पर्वको अवसरमा भोली शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै,सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।

Advertisement 1

त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ।

सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति र जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको छ।

Advertisement 2

यस्तै जिल्लासभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने । हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने । वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णय गरेको छ । यस्तै हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत भएको छ ।

प्रकाशित :२०७८ पुष ९, शुक्रबार १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry