आधारभुत प्रशासनिक प्रशिक्षणका लागि यसरी गर्नुहोस रजिष्ट्रेसन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षणका लागि रजिष्ट्रेसन गर्न सूचना जारी गरेको छ । मन्त्रालयले आगामी २ फागुनदेखि आयोजना हुन लागेको आधारभुत प्रशासन प्रशिक्षणका लागि नवनियुक्त शाखा अधिकृतहरुलाई रजिष्ट्रेसन गर्न सूचना निकालेको हो ।
गत १६ फाग्नमा लोकसेवा आयोगको सिफारिसद्धारा खुला प्रतियोगिताबाट शाखा अधिकृतमा नियुक्त भएका ४८८ जना कर्मचारीहरुको नवनियुक्त शाखा अधिकृतहरुलाई प्रशासनिक प्रशिक्षण लिनका लागि अनिवार्य रुपमा रजिष्ट्रेसन फाराम भर्न सूचना जारी गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति,योजना तथा विकास शाखाका अनुसार अधिकृतमा उत्र्तीण भइ नियुक्त भएका नेपाल प्रशासन सेवा,नेपाल परराष्ट्र सेवा,नेपाल लेखापरीक्षण सेवा र नेपाल व्यवस्थापिका संसद सेवाका नवनियुक्त ४८८ जना शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुका लागि आगामी फागुन २ गतेदेखि आधारभुत प्रशासनिक प्रशिक्षण सञ्चालन गर्न लागिएको हो । सो तालिम लिनका लागि अनिवार्य रुपमा रजिष्टेरेशन गर्न सूचना जारी गरिएको हो ।

Advertisement 1

रजिष्ट्रेसन गर्दा इमेल,लोक सेवाको वरियता क्रम नम्बर,पुरा नाम अंग्रेजी र नेपालीमा,लिंग,जन्म मिति (नेपाली र अंग्रेजीमा),ठेगना,सम्पर्क नम्बर,माथिल्लो शैक्षिक योग्यता,सेवाको प्रकार, तालिम अनुभव लगायतका विवरण उल्लेख गरी पेश गर्नुपर्ने छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSe9Rz9huIk6sCvkSDdsl9v67j3F5YQi25k5hrVOFWqhO_Duig/viewform

Advertisement 2

 

यस अघि अधिकृतस्तरका कर्मचारीहरुलाई ६ महिना तालिम दिइदै आएको थियो । यद्यपि अहिले कति महिना तालिम दिने भन्ने बिषयमा केही खुलाइएको छैन । तालिम अनलाइनमाध्यमबाट हुने वा भौतिक उपस्थितीमै दिन लागिएको हो सो बिषय पनि खुलाइएको छैन ।

Advertisement 3

Notices-2022021111050695

प्रकाशित :२०७८ माघ २८, शुक्रबार १२:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry