१२ करोड ४४ लाख गैरकानूनी रुपमा आर्जन गरेको आरोपनेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष सहित ७ जनाविरुद्ध मुद्दा
नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध मुद्दा परेको छ ।
Advertisement 1
गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालिन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।
न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । त्यसैगरी कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय, इन्दिरा उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई र सूर्यबहादुर केसी माथी गैरकानूनी रुपमा आर्जन गरेको अभियोग छ ।
प्रकाशित :२०७८ माघ २७, बिहीबार २०:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%