रिचार्ज कार्डको पिन नम्बर मेटियो ? यसो गर्नुहोस्
नेपाल टेलिकमले रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि कम्तिमा ६ वटा नम्बर मात्र देखिएमा रिजार्ज गर्न सकिने योजना ल्याएको छ। यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन्।
Advertisement 1
कसरी गर्ने ?
त्यसका लागि सुरुमा नेपाल टेलिकमको वेबसाइट मा जानुहोस् । त्यहाँ क्विक लिंकभित्र ‘पिन रिकभरी‘ अप्सन दिइएको छ । उक्त अप्सनमा गएर त्यहाँ मागिएको तथ्याङ्क भरी आफ्नो मोबाइल रिचार्ज गर्न सक्नुहुनेछ । त्यसका लागि कार्डको सिरियल नम्बर भने आवश्यक हुन्छ ।
Advertisement 2
ग्राहकले वेबसाइटमा गएर रिचार्ज कार्डको सिरियल नम्बर, १६ अंकको रिचार्ज कार्डको पिनमध्ये बाँकी रहेको (कम्पीमा ६ वटा) पीन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्नेछ । देखिएको पिन नम्बरलाई कार्डमा उपलब्ध गराइएको क्रमसँगै राख्नुपर्ने हुन्छ ।अर्थात मेटिएको अंकमा ‘एक्स’ चिन्न राख्ने र अन्य बाँकी जस्ताको तस्तै उल्लेख गर्नुहोस् । जस्तो पीन नम्बरको ढाँचा ०९८७६५४३२११२३४५६ रहेकाे छ र त्यसको बीचका केही अंकहरु मेटिएको छन् भने, त्यहि अनुसार ०९८xx५४३x११xx२३xx५६ रुपमा राख्नु पर्ने हुन्छ ।
Advertisement 3
अनलाइनबाट यसरी बढीमा १० पटकसम्म प्रयास गर्न सकिने सुविधा कम्पनीले दिएको छ । १० पटकसम्म प्रयास गर्दा समेत नभएको खण्डमा भने कार्ड लिएर कम्पनीको काउन्टरमै पुग्नुपर्ने टेलिकमले जनाएको छ ।
याे सुविधाबाट ग्राहकले घरमै बसी आफूलाई परेको समस्याको समधान गर्नसक्ने कम्पनीको विश्वास छ ।यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ। यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने कम्पनीले जनाएको छ। यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पश्चात हटेको किम्पनीको दाबी छ। टेलिकम काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ। वेबसाइटबाटै ग्राहकले आफैं नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने कम्पनीले अपेक्षा गरेको छ।
भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना छ।