सिंहदरबार गेटमै मोटरसाइकल ठक्करबाट अधिकृतको ज्यान गयो
मोटरसाइकल ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको ज्यान गएको छ । सिंहदरबारस्थित कार्यालयबाट काम सकाएर अनामनगरस्थित निवास फर्कदै गरेकी अधिकृत आस्था सुब्बालाई बाटो काट्दै गर्दा मोटरसाइकलले पूर्वी गेट अघि ठक्कर दिएको थियो ।
Advertisement 1
हिजोदेखि सरकारी कार्यालय साँझ ४ बजे बन्द हुने भए पनि अवेरसम्म कार्यालयमै बसेर काम सकाएर अनामगरस्थित घर फर्कदै गरेकी सुब्बाको साँझ ६ बजे प्रदेश ३- ०२- ००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकी आस्थाको उपचारका क्रममा काठमाण्डौ मोडल अस्पतलामा बेलुका पौने सात बजे ज्यान गएको जनाइएको छ ।
उनलाई उपचारका लागि मोडल अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । ०६९ सालमा अधिकृतका रूपमा सेवा प्रवेश गरेकी आस्था राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् । कार्यालय समयभन्दा अबेरसम्म मन्त्रालयमा बसेर काम गरिरहेकी उनको घर फर्कने क्रममा हिजो ज्यान गएको हो ।
Advertisement 2
उनका पति र नाबालक छोरा छन्।
ट्राफिक प्रहरीका अनुसार चालक मिलन राना उक्त दुर्घटनामा परेर घाइते छन् । चालकको अहिले महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।