उमेशको नियुक्तिमा उद्योग मन्त्रालयमा यतिसम्म अचाक्ली

आयल निगमका कार्यकारी निर्देशकमा नियुक्त उमेश थानीलाई त्यहाँ लैजाने नाममा निर्देशिका परिवर्तनदेखि सचिवलाई हटाउनेसम्मको काम गरिएको भेटिएको छ । सर्वोच्च अदालतको आदेशको बर्खिलाप हुनेगरी अयोग्य पात्रलाई ल्याउन नहुने अडान राख्दा आयल निगमको अध्यक्ष तथा आपूर्ति मन्त्रालयका सचिवलाई नै त्यहाँबाट सरुवा गर्ने काम भएको अहिले खुलेको छ ।

Advertisement 1

मन्त्रालय स्रोतका अनुसार उमेश थानीको योग्यतालाई लिएर आपत्ति जनाउँदा २७ माघमा दिनेश भट्टराईलाई हुत्याएर त्यहाँ भूमिव्यवस्था मन्त्रालयबाट गणेशप्रसाद भट्टलाई लगिएको थियो । सचिव हेरफेरको महिना दिनपछि अर्थात् गत बिहीवारको क्याबिनेट बैठकले आयल निगममा थानीलाई नियुक्त गरेको छ ।

थानीलाई ल्याउनकै लागि उद्योग मन्त्रालयले निर्देशिका संशोधन गरी ‘सार्वजनिक निकायको पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका २०७८’ जारी गरेको छ । जसमा इञ्जिनियरिङ शब्द घुसाइएको छ ।

Advertisement 2

यसअघि वाञ्छनीय योग्यता सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा मान्यताप्राप्त विश्व विद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको वाक्यांश रहेकोमा त्यसमा इञ्जिनियरिङ शब्द छिराइएको छ । थानी कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका अध्यक्षसमेत हुन् ।

No description available.

Advertisement 3

यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य, नेपाल इञ्जिनियरिङ परिषद्को सदस्य सचिव थिए । आयल निगमको कार्यकारीमा नियुक्त हुन कम्तीमा ५ वर्ष कुनै पनि निकाय सम्हालेको अनिवार्य अनुभव चाहिने व्यवस्था छ ।

थानीले एक वर्ष करार सेवातर्फ जिल्ला शिक्षा कार्यालय हुम्लामा इञ्जिनियर,एक वर्ष सेभ द चिल्ड्रेनमा इञ्जिनियर, एक वर्ष ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना ९आरआरआरडीपी० को इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य र नेपाल इञ्जिनियरिङ परिषद्को सदस्य सचिवको हैसियतले ४ वर्ष काम गरेको अनुभव पेश गरेका छन् ।

उनलाई आयल निगममा लैजान समानान्तर निर्माण सेवाका अच्युत खरेलहरू हात धोएर लागेका थिए । आयल निगमको बन्दै गरेको ९१ करोडको भवन ठेक्का उनैले हात पारेका छन् । समानान्तरका मालिक अच्युत र उमेश साथी रहेको बताइन्छ । राजश्व अनुसन्धान विभागको निगरानीमा रहेका अच्युतको कम्पनीले ओली सत्तामा हुँदा झण्डै २१ अर्बको सरकारी ठेक्का हात पारेको थियो ।

प्रकाशित :२०७८ चैत्र ५, शनिबार ०९:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry