अवकाश पछिको रकममा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्चद्धारा खारेज (पूर्णपाठसहित)

अवकाश प्राप्त कर्मचारीले प्राप्त गर्ने पेन्सनमा समेत कर लगाउने पूर्ववर्ति सरकारले निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । सर्वोच्चका न्यायधीशद्धय इश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलाशले यस अघि पूर्ववर्ति सरकारका अर्थमन्त्री युवराज खतिवडाले गरेको निर्णयलाई सर्वाेच्चले उल्टाइदिएको हो ।
Advertisement 1
कर्मचारीले पेट काटेर,आफ्ना भविष्यका लागि अवकाश पछि केही वचत होस भनेर जोगाएको रकममा समेत पूर्व अर्थमन्त्री खतिवडाको वक्रदृष्ट्रि परेको थियो । यस अघि ५ प्रतिशत कर लाग्दै आएकोमा कर बढाएर १५ प्रतिशत बनाइएको थियो ।
तीन बर्ष अघि युवराज खतिवडा अर्थमन्त्रीमा बहाल हुँदा अवकाश हुँदा पाएको रकममा समेत १५ प्रतिशत कर लगाउने निर्णय भएको थियो । पूर्व अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीले अवकाश पछि पाउने रकमा १५ प्रतिशत रकम कर लगाउने निर्णयलाई मंगलबार सर्वोच्चका न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।
Advertisement 2
गत मंसिर २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले अवकाश हुँदा पाएको रकममा १५ प्रतिशत कर लगाउने निर्णय खारेज गरेको थियो । हालै मात्र सो फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
Advertisement 3
त्यसअघि कर्मचारीको अवकाश भुक्तानीमा ५ प्रतिशतमात्र कर लाग्दै आएकोमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले १० प्रतिशत बढाएर १५ प्रतिशत कर पुर्याएका थिए । सो निर्णयलाई अदालतले खारेज गरिदिएको हो ।
तत्कालीन अर्थमन्त्री खतिवडाको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट परेका थिए । ७५ साल मंसिर १९ गते वेदबहादुर लावती रामवृक्ष मण्डल,बिमकुमार भट्टराई र जिवछप्रसाद यादवसहतिका ४ जनाले फरक फरक रिट दायर गरेका थिए । ती फरक फरक रिटलाई एकै ठाउँमा राखि मंगलबार भएको सुनुवाइमा न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले पेन्सनमा १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।