बरण्डामा हाकिमको बथान
मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै पाँच जना सचिव,दुई दर्जन सहसचिव, दर्जन हाराहारी संख्यामा उपसचिवलाई महिनौ दिनदेखि बरण्डामा थन्क्याइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्र अहिले दश सचिव छन् । मुख्य सचिव शंकरदास बैरागीसहित त्यहाँ यामकुमारी खतिवडा,लक्ष्मण अर्याल,रमेशप्रसाद सिंह,रामप्रसाद थपलिया,सूर्यप्रसाद गौतम,कानुनका सचिव धनराज ज्ञवाली,विशेष दरबन्दीका खगेन्द्रप्रसाद नेपाल,अतिरिक्त समूहमा मधुसुदन बुर्लाकोटी र हालैमात्र सचिवमा बढुवा भएका रामेश्वर दंगाल त्यहाँ हाजिर गरिरहेका छन् । जबकी तीन वटा प्रदेश प्रमुख सचिवबिहन अबस्थामा छन् ।
Advertisement 1
सहसचिवलाई मन्त्रालयको बरण्डामा थन्क्याएर, सहसचिवकै दरबन्दी भएको एक दर्जन बढी जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा मात्र दुई दर्जन बढी सहसचिवहरुलाई थन्काइएको छ ।
महिना दिन अघि नै कार्यक्षमता मुल्यांकनबाट बढुवा भएका १८ र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा भएका १८ गरी ३६ सहसचिवको दैनिक मन्त्रालय जाने,हाजिर गरेर फर्कनेमा सीमित पारिएको छ ।
Advertisement 2
गृह मन्त्रालयमा ५ सहसचिव जिम्मेवारबिहिन बनाएर राखिएको छ । सहसचिवलाई बरण्डामा फष्ट क्लास अफिसरको दरबन्दी भएको जिल्लामा सेकेण्ड क्लासको अफिसरलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । नुुवाकोट,ओखलढुंङ्गा,सिन्धुपाल्चोक,बारा,रौतहट,स्याङ्जा,इलाम,भोजपुर,अछाम,पर्वत,डडेलधुरा,बाँके,डोटी लगायतका जिल्ला । यी जिल्लामा उपसचिवलाई सिडिओ बनाएर पठाइएको छ । प्रथम श्रेणीका एसपी–एसएसपीले द्वितीय श्रेणीका सिडिओलाई सलाम ठोक्दै काम गर्नुपर्ने स्थितिमा पु¥याइएको छ ।
अनि गृहकै बरण्डामा ५ जना सहसचिव थन्काइएको छ । सहसचिवहरु बाबुराम खतिवडा,सुनिता नेपाल,नारायण रिसाल यस्तो स्थितीमा छन् भन्न तलाई सुनितालाई सिसिएमसीको प्रवक्ता भनिएको छ
Advertisement 3
मन्त्रीहरुको सरुवामा कति विध्न रुची छ भने बालकृष्ण खाँण मन्त्री बनेको सात महिना पुग्दा नपुग्दै २१ पटक प्रमुख जिल्ला अधिकारीहरु अदलबदल गर्न भ्याएकाछन् । अझैं १५ सहसचिव थपिँदै छन् तर महिनौ अघि सहसचिवमा उक्लिएका तालिमसमेत पूरा गरेर बसेका माथिल्लो तहका कर्मचारी घाम तापेर समय कटाइरहेका छन् ।