राष्ट्रपति कार्यालयका सचिव बेपत्ता भए पछिको राजनीतिक तरंग ….

नेपाली राजनीतिक बृत्तमा एउटा प्रकरण चर्चित छ अहिले राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेलको धोखाधडीको ।
हिजो मध्यान्ह १२ बजेर ४८ मिनेटमा शीतल निवासमा पुगेका थिए नेकपाका प्रभावशाली नेताद्धय भीम रावल र पम्फा भुषाल ।

Advertisement 1

त्यहाँ उनीहरुले नेकपाकै ८३ जना सांसदहरुको हस्ताक्षरसहितको निवेदन बोकेर पुगेका थिए । संविधानको धारा ९३ (३) अनुसार संसदको विशेष अधिवेशन बोलाउन माग सहित आएको जानकारी गराए ।

निवेदन दर्ताका लागि उनीहरुले सचिव डा पौडेलको हातमा थमाए । तर सचिव राष्ट्रपति विद्यादेवी भण्डारीसँग सल्लाह गर्छु भनेर पत्र बोकेर निस्किए । यसरी पत्र बोकेर निस्किएका सचिव मोवाइल अफ गरेर गायब भएपछि नेताहरु चकित भए । एक दुई घण्टा होइन् ६ घण्टासम्म पनि सचिव पौडेलको अत्तोपत्तो भएन् । नेताद्धय रावल र भुषाल सचिवलाई कुरिरहेकै थिए । यस्तैमा प्रधानमन्त्री केपी ओलीले भीम रावललाई टेलिफोन गरे –‘दलको नेता म । तपाई कसको निर्देशनमा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुग्नुभयो । तुरुन्त त्यहाँबाट फर्किनुस ।’

Advertisement 2

केही बेर रावल र प्रधानमन्त्री बीच टेलिफोनमै भनाभन भयो । तर पनि उनीहरुले कुरेर बसेका सचिव पौडेल कार्यकक्षमा आएनन् । त्यसपछि भने उनीहरुले सचिव पौडेललाई फोन गर्न खोजे । सचिव पौडेलको फोन स्वीच अफ भयो । सचिव पौडेल ८३ जना सांसदहरुको समावेदन बोकर पुगेका रावल र भुषालले लगेको फाइल बोकेर राष्ट्रपति कार्यालयबाटै मोवाइल स्वीच अफ गरेर बेपत्ता भए ।

प्रकाशित :२०७७ पुष २, बिहीबार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry