‘अनियमितता’ बाहिरिन थालेपछि सरुवा हुन अटेरी
जागिरे जीवनका १८ बर्ष नापी र मालपोतमा घुमेर रजाई गरिरहेका प्रमुख नापी अधिकृत उमेश कुमार,जो अहिले ललितपुरको प्रमुख नापी अधिकृतको कुर्सीमा छन् ।
Advertisement 1
कर्मचारी संकेत नम्बर १८३७१५ नम्बर रहेका उमेश ८ नम्बर नापी गोश्वारा कार्यालय कास्कीबाट सेवा प्रवेश गरेको देखिन्छ । निजामती किताबखानाबाट प्राप्त अभिलेख अनुसार ६२ साल साउन २३ गतेबाट सरकारी सेवामा पाइला राखेको देखिन्छ । यस पछिका १८ बर्ष उनी नापी र मालपोत कार्यालय छाडेर बाहिर जानु परेको छैन ।
उनै साह उपसचिवका रुपमा नापी कार्यालय ललितपुरका प्रमुखको कुर्सीमा थिए । मन्त्रालयले उनलाई सरुवा गरेर धनुषा नापी कार्यालयको प्रमुखमा रुपमा खटाएको देखिन्छ । मन्त्रालयले गत असोज ९ गते उनको सरुवा गरेर धनुषा पठायो भने सो ठाउँमा भूमि प्रशिक्षण केन्द्रका प्रमुख नापी अधिकृत रमेशकुमार ज्ञवालीलाई पठाएको थियो तर ज्ञवाली सो कार्यालयमा हाजिर हुनै पाएनन् । उमेशकुमार साहले भने मन्त्रालयले गरेको सरुवाविरुद्ध उच्च अदालतमा रिटदायर गरे ।
Advertisement 2
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० असोज ९ गते उपसचिव उमेश कुमारलाई जनकपुर नापी कार्यालयमा काज सरुवा गरेको थियो । उनले ललितपुरमै कार्यालय प्रमुखका बस्न पाउनुपर्छ भन्दै रिट दायर गरे ।रिट खारेज भइसक्दा सेमत उनी त्यही कुर्सीमा टाँसिएर बसेका छन् ।
उनले दायर गरेको रिट खारेज भइसक्दा समेत उनी प्रमुखकै कुर्सीमा बहालतर छन् । उमेश गत बर्ष भदौं २० गतेदेखि उक्त कार्यालयको हाकिमको कुर्सीमा छन् ।उमेश माथि ललितपुर मालपोतको प्रमुखका रुपमा कार्यरत रहँदा सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । सो कार्यालयमा रहँदा गरिएका अनेकन बदमासी छरपष्ट हुने र कारवाहीमा पर्ने भयका कारण उनले ललितपुर नापी कार्यालय प्रमुख कुर्सी छोड्न नमानेको नापीकै कर्मचारीहरु बताउँछन् ।
Advertisement 3
कार्यालय प्रमुख साहले एक वर्ष ललितपुरको नापी प्रमुख हुँदा नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि।न। ३४७८ को सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक (अद्यावधिक( गरेका छन् ।
साविक भैंसेपाटी ६ क को कित्ता नम्बर ४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं ४ कित्ता नम्बर १३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुख साहले आर्थिक लाभ लिई व्यक्तिको नाममा हाल साविक गरी सरकारी जग्गा हिनामिना गरेको आरोपसहित अख्तियारमा उजुरी परेको छ । यस्तै, ललितपुरको नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कित्ता नम्बर ३४७८ को सरकारी जग्गा घुस असुलेर ब्यक्तिको नाममा हालसाविक (अद्यावधिक) गरेको आरोप उजुरीमा लगाइएको छ ।
उनी ७१ सालमा उपसचिवमा उक्लिएको देखिन्छ । त्यसपछि केही समय भूमि सुधार तथा व्यवस्था मन्त्रालय,नापी विभाग काठमाडौंमा काम गरेको अभिलेख भेटिन्छ । उमेशले प्रमुख नापी अधिकृतको रुपमा ७१ सालदेखि ७५ सालसम्म काम गरेको विवरण भेटिन्छ । अधिकृत हुँदा ८ नम्बर नापी गोश्वारा कास्कीमा अमिन,सर्भेक्षक हुँदै ६३ देखि ६९ सालसम्म नापी कार्यालय नै चाहारिरहे । कर्मचारी ट्रेड युनियनका आडमा भोला पोखरेल,केदार देवकोटा,मोहन घिमिरे,पुण्य ढकालहरुले एउटै कार्यालयमा लामो समय बिताएको भनेर के खेदो खन्नु उनीहरुलाई माथ गर्ने डन’कर्मचारी भेटिएका हुन नापी र मालपोततिर ।