नियुत्ति,बढुवादेखि राजीनामा स्वीकृतसम्म :- यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

सोमबारको मन्त्रिपरिषद्को बैठकले केही निकायमा नियुत्ति,राजीनामा स्वीकृत गर्नेदेखि बढुवा गर्ने निर्णय समेत गरेको छ ।
हिजो सिंहदरबारमा बसेको क्याविनेट बैंठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त गर्नुका साथैं यस अघिका अध्यक्ष सुशील घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ ।
यस्तै क्याविनेटले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ भने कम्पनीको संचालक समिति सदस्यमा मदन पोखरेललाई नियुक्त भएका छन् । घिमिरेले बिमा विषयमै विद्यावारिधि गरेका छन् अहिले उनी पोखरा विश्वविद्यालयमा प्राध्यापकको रुपमा कार्यरत छन्। त्यस्तै सदस्य नियुक्त भएका पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गराउदछन् ।
यस्तै,नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत प्राधिकरणको महानिर्देशकका लागि क्षेत्रीको मात्र नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो । पर्यटन मन्त्री प्रेम आलेको प्रस्तावमा निमित्त रहेका क्षेत्रीलाई महानिर्देशकको जिम्मेवारी दिइएको बताइएको छ ।
यस्तै,बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय पनि गरेको छ।
Advertisement 1
सरकारले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ। बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कार्यदलका अन्य सदस्यहरुमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेका छन्।