प्रेम आलेले किन च्यापे कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई ?
नेपाल नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएपछि सो नियुक्ति विवादित बनेको छ। बरिष्ठहरुलाई पाखा लगाएर कनिष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएसँगै सो नियुक्ति विवादित बन्न पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रस्तावलाई क्याविनेटले अनुमोदन गरेसँगै नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका हुन । गत सोमबारको क्याविनेटले उनलाई त्यहाँको महानिर्देशकमा नियुक्त गरेको हो ।
Advertisement 1
अधिकारी ०६४ सालमा प्राधिकरणमा सातौं तहमा इन्जिनियरका रुपमा सेवा प्रवेश गरेका थिए । २०७४ सालमा आठौं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्न सफल भएका थिए ।
नागरिक उड्डयन प्राधिकरणमा १२ औं तहका कर्मचारी भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डेय, देवचन्द्र लाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर कार्यरत छन् । उनीहरुलाई बाइपास गर्दै मन्त्री आलेले ११औं तहमा कार्यरत कनिष्ठ प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरेको छ ।
यस अघिका महानिर्देशक राजकुमार क्षेत्रीको पुस २४ गतेदेखि अनिवार्य अवकाश भएको भन्दै मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कनिष्ठ उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्तको जिम्मेवारी दिँदा समेत त्यहाँ समस्या पैदा भएको थियो ।
क्षत्रीले भने आफू ४ बर्षका लागि नियुक्ति पाएको भन्दै सर्वाेच्चमा पुगेका थिए । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ मा महानिर्देशकको कार्यकाल चार वर्ष उल्लेख गरिएकाले गत कात्तिक १० गते नियुक्त क्षेत्रीले आफूलाई ५८ वर्षको उमेर हद नलाग्ने भन्दै सर्वोच्चको ढोका ढकढकाएका थिए ।
Advertisement 2
गत पुस २३ गते नै सर्वोच्च अदालतले क्षेत्रीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश अबस्था छ । कोरोना महामारीका कारण देखाउँदै अदालतको कामकारवाही प्रभावित भएकाले क्षेत्रीले दायर गरेको मुद्दाको पेसी फागुन ९ गतेलाई सरेको छ ।
यही बीचमा अदालतमा विचाराधीन मुद्दालाई बेवस्था गर्दै र वरिष्ठता कुल्चँदै कनिष्ठ र विवादित पात्रलाई महानिर्देशक बनाएका छन् मन्त्री आलेले ।