कार्की सचिवमा बढुवा
काठमाडौं। सहसचिव गोबिन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन्। लोकसेवा आयोगले गरेको सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैंकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हा।
Advertisement 1
यसअघि एकनारायण अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेपछि बरियतामा सिनियर रहेका सचिव तोयानारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएका थिए। रिक्त उक्त पदमा सरकारले कार्कीको बढुवा गरेको हो।
कार्की अहिले बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिव छन्। यसअघि लोकसेवा आयोगले सहसचिव डा. कमलप्रसाद पोखरेल, गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो।
प्रकाशित :२०८१ भाद्र २१, शुक्रबार ११:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%