अब सरुवाको निवेदन बोकेर सिंहदरबार धाउन नपर्ने !

तपाई निजामति कर्मचारी हुनुहुन्छ र सरुवा हुन चाहनु भएको छ भने अब काठमाडौं धाइरहनु पर्दैन । तपाईंले घरमै बसी बसी अब अनलाइनबाटै सरुवाको आवेदन दिन सक्नुहुनेछ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलेझैं महालेखा नियन्त्रक कार्यलयले पनि अनलाइनबाटै निवेदन दिने व्यवस्था मिलाएको हो ।

Advertisement 1

यसअघि निवेदन बोकेर केन्द्रमा धाउनुपर्ने झन्झटिलो व्यवस्था रहेकोमा त्यसलाई अन्त्य गर्दै इन्टरनेटको पहुँचमा भएका कर्मचारीहरुले जुनसुकै ठाउँबाट निवेदन दिनसक्ने व्यवस्था मिलाएको हो । अब दुर्गम क्षेत्रमा रहेका कर्मचारी सरुवाको निवेदन बोकेर मन्त्रालयसम्म आइपुग्नुपर्ने छैन ।
महालेखा नियन्त्रक कार्यालयले लेखासमूहको कर्मचारीहरुको सरुवाको लागि अब काठमाडौँ धाउनु पर्ने झण्झटिलो व्यवस्था अन्त्य गरेको हो ।यसबाट सरुवामा हुने अनावश्यक चलखेलमा धेरै नियन्त्रण हुने विश्वास लिएको छ ।
हालै कार्यालयले नयाँ वेभसाइट तयार गरी नयाँ स्वरुपमा सञ्चालनमा ल्याएसँगै सरुवा हुन चाहने कर्मचारीहरुले वेभसाइटको सरुवा आवेदन आइकनमा क्लिक गरी सरुवा निवेदन पेश गर्न सकिने र उक्त निवेदन कर्मचारी प्रशासन अन्तर्गत पिआइएस सिस्टम सँग प्रत्यक्ष लिंक रहने हुँदा सरुवाका लागि निवेदन बोकेर कार्यालयमा आइरहनु नपर्ने व्यवस्था भएको हो ।

प्रकाशित :२०७७ माघ ८, बिहीबार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry