शाखा अधिकृतहरुलाई शपथ ग्रहणको फाराम र निरोगिताको प्रमाण पेश गर्ने बारे सूचना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतमा  नियुक्तिका लागि  सिफारिस भएका कर्मचारीहरुलाई निरोगिताको प्रमाणपत्र र शपथ ग्रहण फाराम पेश गर्ने सूचना जारी गरेको छ ।

Advertisement 1

लोकसेवाले गत सोमबार ४८५ जना शाखा अधिकृतको नतिजा सार्वजनिक गर्दै उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । हालैमात्र शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस  भएका राजश्व,सामान्य प्रशासन र लेखा समूहका सम्पूर्ण कर्मचारीहरुलाई नियुक्ति पत्र प्रमाणपत्र लिने प्रायोजनका लागि निजामती सेवा नियमावली २०५० को नियम १९ बमोजिम सोही नियमावलीको अनुसूची ५ मा उल्लेखित ढाँचामा निरोगिताको प्रमाणपत्र पेश गर्न सूचनामा भनिएको छ ।

Notices-20220201133658755
प्रकाशित :२०७८ माघ २०, बिहीबार ११:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry