कति छ नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर तिम्सीनाको सम्पत्ति ?

नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेर रेकर्ड ब्रेक गरेकी निलम ढुंगनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् ।
Advertisement 1
राष्ट्र बैंकको ५६ बर्षे इतिहासमा पहिलो महिला डेपुटी गर्भनर पाएको छ । राष्ट्र बैंकले गत फागुन अन्तिम साता डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा निलम ढुंगाना तिम्सिना नियुक्त गरेको थियो ।
यस अघि सार्वजनिक ऋण ब्यबस्थापन विभागकी प्रमुख रहेकी ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेर रेकर्ड कायम गरेकी हुन् । डा निलम ढुंगाना राष्ट्र बैंकमा हाल एकमात्र महिला कार्यकारी निर्देशक समेत हुन् । २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी उनी २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन् ।व्यवस्थापन तथा वित्त क्षेत्रमा दख्खल राख्ने उनले बैंकिङ सिस्टममा विद्यावारिधी समेत गरेकी छन् ।
उनै ढुंगानाले सार्वजनिक गरेको सम्पती विवरणमा आफु, पति र छोराको नाममा गरी ११ हजार १ सय ७० कित्ता सेयर रहेको उल्लेख छ । उनले आर्थिक वर्ष २०७७/७८ चैतको दोस्रो साता आफ्नो सम्पती विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सम्पति विवरणमा १८ वटा बैंक तथा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिएको छ । १८ वटै बैंक तथा वित्तीय संस्थामा उनको साधारण सेयर रहेको छ । १८ वटा संस्थामा ११ हजार १ सय ७० कित्ता सेयर रहेको हो ।
Advertisement 2
उनको अधिकांश सेयर वाणिज्य बैंक, जलविद्युत कम्पनी, फाइनान्स कम्पनीको रहेको छ । सम्पती विवरणमा उल्लेख भए अनुसार न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ३ सय २० कित्तासम्म रहेको छ । उनले सार्वजनिक गरेको विवरणमा बिष्णु तिम्सीना र अर्थव तिम्सीनाको नाम उल्लेख छ ।
Advertisement 3
विवरणमा उल्लेख भए अनुसार अर्थव तिम्सीनाको नाममा क्रिष्टल फाइनान्सको २० कित्ता सेयर रहेको छ भने सबैभन्दा बढी नीलम, बिष्णु र अर्थवको नाममा कृषि विकास बैंकमा साधारण सेयर २ हजार ३ सय २० कित्ता सेयर रहेको छ ।
यस्तै एनआईसी एशिया बैंकको साधारण र हकप्रद गरी २ सय ४६ कित्ता, सनराइज बैंकको साधारण र हकप्रद गरी १ हजार ६ सय ५२ कित्ता, सिटिजन्स बैंकको साधारण र हकप्रद गरी ६ सय ३८, एभरेष्ट बैंकको प्रिफरेन्स र साधारण सेयर २० र ३ सय २८ कित्ता सेयर रहेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकको बोनस सहित १ हजार ६ सय ४ कित्ता सेयर रहेको छ भने कुमारी बैंकको ९ सय ९५ कित्ता, अरुण भ्याली हाईड्रोपावरको ९९ कित्ता, लक्ष्मी बैंकको साधारण सेयर १ हजार ३ सय ९५, बैंक अफ काठमाडुको १ सय ४९ कित्ता, देव विकास बैंकको ५५, एनएमबी बैंकको ४ सय २१ कित्ता सेयर रहेको छ ।
क्रिस्टल फाइनान्सको २०, ग्लोबल आईएमई बैंकको १ सय २, ज्योती विकास बैंकको ४ सय ५०, जलविद्युत लगानी कोषको ३ सय ६२, अरुण कावेली पावरको १ सय ३९ र प्रभु बैंकको १ सय ९५ कित्ता साधारण सेयर रहेको छ । उनले यो सेयर पारिश्रमिक, बोनस तथा ऋण लिएर सेयर खरिद गरेको पन विबरणमा उल्लेख छ