‘वालुवाटार दाहिना’ भएपछि वाणिज्य बैंकलाई हाइसञ्चो

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार कृषि तथा ऊर्जा र उत्पादनशील क्षेत्रमा तोकिदिएको कर्जा प्रवाह नगरेका बाणिज्य बैंकहरुबाट ९० करोड जरिवाना उठाउन सेकेको छैन । यसरी केन्द्रिय बैंकलाई जरिवाना तिनुपर्ने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन बैंक, प्राइम बैंक, सनराईज बैंक, , सानिमा बैंक छन् । जस अनुसार,नेपाल बैंकले १३ करोड २६ लाख,एसबिआइ बैंकले १३ करोड ३१ लाख ३७ हजार,हालै ग्लोबल आइएमइमा बिलय भएको बैंक अफ काठमाडौंको नाममा २ करोड ८७ लाख ४५ हजार तिर्न बाँकी छ ।

Advertisement 1

यस्तै चन्द्र ढकालको ग्लोबल आइएमइ बैंकले सबैभन्दा बढी १६ करोड ८० लाख ३९ हजारभन्दा बढी केन्द्रीय बैंकलाई जरिवाना वापतको रकम तिर्न बाँकी छ । यस्तै नेपाल राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार,सिद्धार्थ बैैकले १५ करोड १५ लाख,प्राइम बैंकले ३५ करोड ५९ लाख २८ हजार जरिवाना असुल उपर गर्न बाँकी छ ।
यस्तै सनराइज बैंकले १३ करोड ४३ लाख,सेञ्चुरी बैंक १ करोड ७३ लाख जरिवाना तिर्न बाँकी छ ।

पछिल्लो पाँच बर्षमा झण्डै १ अर्ब जरिवाना असुल्न नसकेको नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ९ वटा वाणिज्य बैकलाई कारवाही गरेको जनाएको छ ।
ती बैंकले यो आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गरेको भन्दै बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमईलाई बैंकलाई कारवाही गरेको जनाएको छ ।

Advertisement 2

सरकारी कृषि विकास बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धि नियम उल्लंघन गर्दा २० लाख रुपैयाँ जरिवानामा परेको जनाएको छ भने बैंक अफ काठमाडौँलाई विपन्न वर्गमा प्रवाह गर्नु पर्ने कर्जा प्रवाह नगरेकोमा २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा जरिवाना तिराएको जनाइएको छ । जबकी यसरी तिराइएको जरिवाना पाँच बर्षदेखि उस्ले उठाउनै सकेको छैन । यस्तै . कृषि विकास बैंकलाई सम्पति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनको उल्लघन गरेकोमा २० लाख जरिवाना तिराएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै प्रभु बैंक, कुमारी बैंक, बैंक अफ काठमाडौँ र प्राइम कमर्शियल बैंक, सनराइज बैंक र मेगाका अलवा हिमालयन बैंक, ग्लोबल आईएमई बैंकका सिइओहरुलाई सचेत गराइएको जनाइएको छ ।

प्रकाशित :२०७९ पुष ५, मंगलवार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry