राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अधिबेशन सम्पन्न “तामाङ” दोस्रोपटक निर्बाचित

राष्ट्रिय संगीतकर्मी संघ रसुवाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नुवाकोट बेत्रवती पेट्रोलपम्प नजिक केरुङ हाईवे होटलमा आयोजना गरिएको उक्त सम्मेलनमा रसुवामा दावा फिन्जो तामाङको अध्यक्षतामा कमिटि निर्माण गरिएको हो ।
मंसिर २० गते शनिवार बेत्रावति पेट्रोल पम्पस्थित केरुङ हाईवे होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट रसुवातर्फ दावा फिन्जो तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्माण गरिएको छ । रसुवा राष्ट्रिय संगीतकर्मी संघले एकै दिन एकै स्थानबाट निर्विरोध नयाँ कमिटी चयन गरेको हो ।
संघले चयन गरेको यो कमिटीको कार्यकाल भने २ बर्षको रहनेछ ।
रसुवा तर्फ निर्विरोध निर्वाचित कमिटी तर्फ,
अध्यक्ष – दावा फिन्जो तामाङ
वरिष्ठ उपाध्यक्ष (पाराङ्वा तामाङ
प्रथम उपाध्यक्ष – शिशिर थोकर तामाङ
उपाध्यक्ष – सुजन तामाङ
महिला उपाध्यक्ष – प्रेम कुमारी तामाङ
सचिब – प्रेमा तामाङ
सह सचीव – हिसे साङ्गबो तामाङ
सह सचीव – सीता देवी तामाङ
प्रबक्ता – श्याम माया गुरुङ
कोषाध्यक्ष – लोकेन्द्र तामाङ
सह कोषाध्यक्ष – प्रबिना आचर्य
सक्रिय सदस्य हरु –
पासङ लोप्चन तामाङ, वाङग्येल लामा, आरजे अञ्जुली लोप्चन तामाङ, पेम्बा याङ्जेन तामाङ, सपना मोक्तान तामाङ, गौरव न्यौपाने, कामी जेमु तामाङ, सीता तामाङ, सङ्घम तामाङ, फुर्पु ग्यल्मो घले ,पासङ चेमो तामाङ, दिल कुमारी तामाङ, सुबास तामाङ, रिना तामाङ रहेका छन् ।

प्रकाशित :२०७८ माघ १२, बुधबार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry