काँडेतारमाथि प्रशासनको अंकुश

नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

Advertisement 1

कार्यक्रममा बोल्दै अभिनेता नवल खड्काले सिनेमा हल सञ्चालकले आफ्नो चलचित्र प्रदर्शन गर्न नदिएको भन्दै असन्तुष्टि जनाए । चलचित्रको प्रचारप्रसारका क्रममा जनकपुर पुग्दा प्रमुख जिल्ला अधिकारीले सिनेमा घर सञ्चालकहरुलाई चलचित्र नदेखाउन निर्देशन दिएको उनले बताए ।

वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारतबिरोधी चलचित्र भएको र नदेखाउनू भन्ने आदेश दिएर प्रदर्शन रोक्न लगाएको खड्काको आरोप छ । सरकारले सेन्सर गरेर चलचित्र देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरुले चलचित्र प्रदर्शन रोक्न खाज्दा कानून आकर्षित हुन्छ की हुँदैन ? भन्दै उनले प्रश्नसमेत गरे ।

Advertisement 2

चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा काँडेतार चल्न दिनुपर्ने अभिनेता खड्काको भनाई छ । अभिनेता खड्काकै निर्देशन रहेको यस चलचित्रलाई सामना फिल्म्स प्रा।लि।को ब्यानरमा निर्माण गरिएको हो । काँडेतारमा नवलको आलावा गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगतलगायतको अभिनय छ ।

राष्ट्रवादी धाराको सशक्त चलचित्रका रुपमा हेरिएको काँडेतार फागुन २५ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित :२०८० फाल्गुन २, बुधबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry