विष्णु प्रसाद न्यौपानेको गजल

हेरेर ती दुई नयन, बाँच्न सकूँ म सधैँ
फेरेर स्मृतिका पानाहरु हाँस्न सकूँ म सधैँ
हे मेरी प्रिया भुलायौ, भुलिदिन्छु म पलहरु
सम्झेर बिर्सिएका पलहरु, मुस्कुराउन सकूँ म सधैँ !!

Advertisement 1

म बाँचेको तिम्रै लागि हो, हाँसेको तिम्रै लागि हो
सुख त क्षणिक न हो प्रिया दुखमा हाँस्न सकूँ म सधैँ
यि हात तिम्ले समायौ र त जिन्दगी खास भो
यही हत्केलामा प्रेमको बिउ उमार्न सकूँ म सधैँ !!

मायाँ त कल्प कल्पान्तरको लागि हो मेरो
धड्किएर तिम्रै मुटुमा बास बस्न सकूँ म सधैँ
क्षणिक छ जीवन र जगत, अमुल्य छ क्षण मेरो
बिताईदिन्छु सात जुनी, तिम्रै काखमा बाँच्न सकूँ म सधैँ !!

प्रकाशित :२०७८ माघ २९, शनिबार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry