दोश्रो विवाह गर्दै अन्जु पन्त,यिनै हुन हुनेवाला श्रीमान
पहिलो पती मनोजराजसँगको सम्बधविच्छेद भएको लामो समयपछि चर्चित गायिका अन्जु पन्तले दोश्रो विवाह गर्न लागेकी छिन् । अन्जुले संगीतकार थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । ६ वर्ष पहिले नेपाल टेलिभिजनमा पहिलो पटक भेटिएका अन्जु र थिर पछिल्लो एक वर्षयता प्रेममा रहेको बताइएको छ । अन्जु र थिरले सार्वजनिक रुपमा आफूहरु प्रेममा रहेको स्वीकार गरेका छन्। गीतकारसमेत रहेका थिर कोइरालाले गायिका पन्तसँगका तस्वीर सहित लामो स्टाटस लेखेर आफूहरु प्रेममा रहेको स्वीकार गारेका छन्।
थिरले लेखेका छन् सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभचिन्तक र हामीलाई माया गर्ने सबैमा जिज्ञासा हुनु स्वभाविकै हो । हामीले तपाईहरुको फोनकल र म्यासेजहरु प्राप्त गरिरहेका छौँ तर सबैलाई जवाफ दिन असमर्थ छौँ।
Advertisement 1
अब तपाईहरुको खुल्दुली मेटाउने सायद यही नै सही समय होला भन्ने लाग्छ। तपाईले मिडियामा सुनेको खवर सत्य हो । हामी केही समयदेखि एकअर्काको प्रेममा छौँ र निकट भविष्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविष्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ।’