निर्वाचन कार्यालयका सेवा स्थगित
कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ ।
Advertisement 1
अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा जनाइएको छ । यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्लन र अद्यावधिक कामका लागि टोकन प्रणालीमार्फत कार्य गर्दै आएको थियो ।
प्रकाशित :२०७८ माघ ११, मंगलवार ११:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%