आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, चिकित्सकमाथि आक्रमणको विरोधमा आन्दोलन

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुव्र्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

Advertisement 1

संघले साउन ११ गते जारी गरेको विज्ञप्तिअनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कानुनबमोजिम कारबाहीको माग गरिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले संघका केन्द्रीय सदस्य तथा नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुव्र्यवहार गरेको आरोप लगाएको छ।

संघले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।

Advertisement 2

त्यसैगरी, चिकित्सकको मानमर्दन गरेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप साउन १२ गते देशभर आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिएको संघले जनाएको छ। साथै आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने उल्लेख गरिएको छ।

Advertisement 3

नेपाल चिकित्सक संघले आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै सेवा अवरोधबाट बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। साथै, यस अवस्थाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघको भनाइ छ।

प्रकाशित :२०८३ श्रावण १२, मंगलवार १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry