सुरुङ खुले पनि यात्रा सहज भएन, मुग्लिङमा पहिरोले राजमार्ग दुईतर्फी बन्द

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आए पनि पृथ्वी राजमार्गमा यात्रुको सास्ती भने उस्तै रहेको छ। मंगलबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिङ बजारस्थित शौचालय नजिकै सुख्खा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड दुईतर्फी रूपमा बन्द भएको छ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ८ः३० बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको सुख्खा पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।

पहिरोका कारण सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्। सडक खुलाउन डोजरसहितको टोली परिचालन गरिएको भए पनि समाचार तयार पार्दासम्म सडक सञ्चालनमा आउन सकेको छैन।

Advertisement 2

मनसुनका कारण पृथ्वी राजमार्गमा पटक–पटक पहिरो खस्ने क्रम जारी रहेकाले यात्रुहरूलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा सम्बन्धित निकायको पछिल्लो सूचना पछ्याउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित :२०८३ श्रावण १२, मंगलवार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry